ट्रेन्डीङ्ग

मदारबाबा मजार संरक्षण संस्थाको विशेष अधिवेशन,नया कार्यसमिति चयन

परासी।मदारबाबा मजार संरक्षण संस्था विनयी त्रिवेणी ६ पूर्वी नवलपरासीको विशेष अधिवेशन सम्पन्न भएको छ।संस्थाका अध्यक्ष जमालुद्धिन अन्सारी विरुद्ध पेश भएको अविश्वासको प्रस्ताव पास भएपछि विशेष अधिवेशनले नयाँ कार्य समिति चयन गरेको हो।

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा भएको संस्थाको विशेष अधिवेशनले मोहम्मद रफि चुरिहारको अध्यक्षतामा पन्ध्र सदस्यीय कार्य समिति चयन गरेको अधिवेशनपछि जारी विज्ञप्तिमा जनाईएको छ।

नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा अजमुद्धिन मिया,उपाध्यक्षमा कुरैश अलि,सचिवमा रहमद अलि मिया,कोषाध्यक्षमा जैबुन नेशा,सहसचिवमा हविकुल्लाह मिया रहनुभएको छ।

यसैगरी सदस्यहरुमा मोहम्मद फुन्ने,रज्जब धुनिया,रेयाज अलि, जाहेनार खातुन,लैलुन नेसा,मोहम्मद सबिर मिया,हरिब मिया, सद्धाम हुसेन,अब्दुल कादिर देवान लगायत रहनुभएको अध्यष चुरिहारले जानकारी दिनुभयो।संस्थाले नवलपरासीको प्रसिद्ध धार्मिक स्थल मदारबाबा क्षेत्रको संरक्षण गर्दै आएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal