ट्रेन्डीङ्ग

दारी ग्याङ्ग नवलपरासीको प्रथम अधिवेशन माघ १ गते

पुष ३० सुनवल। विभिन्न सामाजिक सेवा मुलक कार्यक्रममा सक्रिय रहँदै आएको दारी ग्याङ्ग नवलपरासीको प्रथम जिल्ला अधिवेशन हुने भएको छ।प्रथम जिल्ला अधिवेशन भोलि अर्थात माघ १ गते सुनवल बनकट्टीमा हुने भएको हो।

जिल्लामा विभिन्न समयमा माक्स बितरण,रक्तदान,खाद्यान्न तथा फलफूल बितरण,बर्दघाट-सुनवल सडकका खाल्डाखुल्डी पुरेर सांकेतिक बिरोध,धुर्मुस सुन्तली फाउन्डेसनलाइ रंगशाला निर्माणका लागि आर्थिक सहयोग लगायतका कार्यक्रम गरेको दारी ग्याङ्गका नवलपरासी जिल्ला अध्यक्ष दिपक गैरे बताए।

गैरेले भने जिल्लामा ५० भन्दा बढी युवा दारी ग्याङ्गमा जोडिएका छ्न ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal