
बर्दघाट।कृषकहरुको सहजताका लागि घरदैलो बाटै सेवा प्रदान गर्ने उदेश्यले बर्दघाट नगरपालिका वडा नम्बर १३ को मझौनीमा कृषि सेवा केन्द्रको उद्घाटन गरिएको छ।
एक कार्यक्रमका बिच आईतवार नगरप्रमुख शम्भुलाल श्रेष्ठले सेवा केन्द्रको उद्घाटन गर्नु भएको हो।कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले नगरको समृद्धिका लागि कृषि नै मुख्य आधार भएको हुदा किसान र कृषिमैत्री नगर बनाउन आफुहरु सोहि अनुरुप अघि बढेको बताउनु भयो।
बालिको उत्पादकत्व बढाउन,ब्यवसायिक कृषितर्फ आवस्यक लगानी गरी कृषी मार्फतनै आम किसानको जिविकोपार्जन हुने गरि योजना हरु अघि सारिनेमा जोड दिनु भयो।किसानका उत्पादनको सहज बजारीकरण र बिचौलियाको अन्त्य गरि सोझै किसानलाई लाभ हुने गरि नगर अघि बढेको नगर प्रमुख श्रेष्ठले बताउनु भयो।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले नगरमा भएका सहकारीहरुलाई कृषि सग जोड्दै उत्पादनको दीर्घकालीन बजारीकरण करणका लागि पहल गरिने बताउनु भयो।यस क्षेत्रमा कृषिको प्रचुर सम्भावना रहेकाले उत्पादनको वृद्धिमा जोड दिनु पर्ने उल्लेख गर्नु भयो।उद्घाटन सगै बिज्ञ सहितको सेवा केन्द्र सन्चालनमा आएकाले कृषकहरुले प्रत्यक्ष लाभ लिन सक्ने भएका छन।