ट्रेन्डीङ्ग

मिर्मिरे लघुवित्तद्वारा बीमा तथा वित्तीय साक्षरता कार्यक्रम कावासोतीमा सम्पन्न

कावासोती।मिर्मिरे लघुवित्त वित्तीय संस्थाले बीमा तथा वित्तीय साक्षरता र हरितालिका तिजको शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ।मिर्मिरे लघुवित्त वित्तीय संस्थाको आयोजनामा नवलपुर भित्र रहेको तिन ओटा शाखामा रहेका करिब १०० जना महिला सदस्यको सहभागितामा वित्तीय साक्षरता कार्यक्रम सगै हरितालिका तिजको शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको हो।वित्तीय साक्षरता अन्तर्गत बचत,कर्जा,खर्च व्यवस्थापन, उद्यमशीलता,ब्यबसायदर्ता,व्यवसायिक योजना,कर्जा सदुपयोगिता,वित्तीय ब्यवस्थापन,व्यापार बिस्तार,महिला सचेतना, महिला सशक्तिकरण,लघुबित्तले समाजमा पारेको सकारात्मक भूमिका विषयमा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका बागमती गण्डकी प्रदेश प्रमुख राजेश श्रेष्ठले प्रस्तुत्तीकरण दिएका थियो।कार्यक्रमा मिर्मिरे लघुवित्त वित्तीय संस्था मध्यविन्दु १० अरुणखोलामा रहेको दुम्कीबास शाखाका सदस्य तुल्सी गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रमा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका बागमती गण्डकी प्रदेश प्रमुख राजेश श्रेष्ठ,उपप्रमुख प्रकाश बोहोरा,दुम्कीबास शाखाका प्रमुख सुमित चन्द,डण्डा शाखा प्रमुख दिर्घ वि.क,रजहर शाखा प्रमुख घिर्क बहादुर बोहोरा,कावासोती नगरपालीका वडा नं. १६ का वडा सदस्य उषा खत्वे,लक्ष्मी सुनार,देवचुलि कार्यपालीका सदस्य गोमा देवी पौडेल तिमिलसेना लगाएतको उपस्थित रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?