ट्रेन्डीङ्ग

लागूऔषधको मुद्दामा निष्पक्ष छानवीन गर्न माग(विज्ञप्ति सहित)

परासी।नेपालि कांग्रेस र जनता समाजवादी पार्टी नवलपरासीले गत असार २२ गते लागुऔषध सहित पक्राउ परेका २ जना भारतीय नागरिकको मुद्दामा निष्पक्ष छानबिन गर्न माग गरेका छन।

नेपाली कांग्रेस पश्चिम नवलपरासीको पार्टी कार्यलयमा दुई पार्टीले पत्रकार सम्मेलन गर्दै गठबन्धनका नेताले घटनालाई तोडफोड गरेको भन्दै निष्पक्ष छानबिन गर्न माग गरेका हुन।

नेपाली कांग्रेसका कावा सभापति विक्रम यादवको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा कांग्रेस नेता राजेन्द्र सहानिले आर्थिक लेनदेन लगायत अन्य पुरानो रिसको बदला लिनको लागी पाल्हिनन्दन्का गापा अध्यक्ष बैजु प्रसाद गुप्ताले फसाएको आरोप लगाएका छन।त्यसैगरी जसपाका जिल्ला अध्यक्ष धमेन्द्र यादवले प्रहरीको केन्द्रिय अनुसंधान ब्युरोले गरेको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन।

प्रहरीको मिलोमतोमा निर्दोष व्यक्तिलाई फसाइएको भन्दै सत्यतथ्य सार्वजनिक गर्न दुई पार्टीले माग गरेका छन।दोषीलाई बचाउन गठबन्धनका शिर्ष नेतानै लागि परेका भन्दै दोषीलाई सफाइ दिने र निर्दोषलाई फसाउने कार्य किमार्थ स्वीकार नहुने विज्ञप्ति उल्लेख्य गरेका छ्न।लागुऔषध मुद्दामा पक्राउ परेका भारतीय नागरिकको परिवारले बिगत १२ बर्षदेखि गुप्ता संग कारोबार गरेको आर्थिक लेनदेनको विषयमा तिर्न नपरोस् भनी लागू औषधको मुद्दामा फसाएको आरोप लगाएका छन।

यस विषयमा प्रहरीले अनुसन्धान गरिएको बताएको छ।विज्ञप्ति:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?