
रुपन्देही।नेपाल कम्युनिस्ट पार्टी(बहुमत)निकट अखिल नेपाल महिला संगठन रुपन्देहीको आठाैं जिल्ला सम्मेलन सम्पन्न भएको छ।सम्मेलनले पुजा खरेलकाे नेतृत्वमा ११ सदस्य जिल्ला कार्यसमिति चयन गरेको छ।जसको उपाध्यक्षमा माया सुवेदी,सचिव मिना पाैडेल,काेषाध्यक्ष भागिरथि थारु चयन हुनुभएको हो।
उक्त आठाैं जिल्ला सम्मेलन उद्धघाटन गर्दै अन्जना तामाङले महिलाहरुलाई चारवटा अधिकार प्राप्तिका लागि लड्नु पर्ने बताउनुभयो।उहाँले राज्य माथिकाे अधिकार,श्रम माथिको अधिकार,शरीर माथिको अधिकार,सम्पत्ति माथिकाे अधिकार बारेमा आफुहरु निरन्तर लड्ने समेत बताउनुभयो।साथै उहाँले यी चार अधिकार प्राप्त गरेपछि बल्ल महिला अधिकार निश्चित हुने बताउनुभयो।
कार्यक्रमका विशेष अतिथि नेकपा(बहुमत) जिल्ला ईन्चार्ज प्रवेश,नेपाल कम्युनिस्ट पार्टी(बहुमत) केन्द्रीय सदस्य शेरमान,कपिलवस्तु जिल्ला संयाेजक संघर्ष,केन्द्रीय सदस्य मिलन,पाल्पा जिल्ला संयाेजक मुक्ति,रुपन्देही जिल्ला संयाेजक सुनिल,ब्युरो सदस्य संन्जिव कुमार,युवा जनस्वयम्सेवक पाल्पा संयोजक माेहन निवाङ,अखिल नेपाल महिला संगठन नेपाल कि केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश समिति ईन्चार्ज रन्जिता थापा,युवा जनस्वयमसेवकका केन्द्रीय सदस्य बालेन,जिल्ला कानुन तथा न्याय विभाग खाेमा,सहिद परिवार मिना पाैडेल तथा नेकपा(बहुमत)देवदह नगरपालिका ईन्चार्ज दिपक लगायतकाे उपस्थिति रहेको थियो।
कार्यक्रमकाे अध्यता पुजा खरेल गर्नुभएको थियोे भने संचालन अखिल नेपाल महिला संगठनका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला ईन्चार्ज बिमा भट्टराईले गर्नुभएको थियोे।