ट्रेन्डीङ्ग

महिलाहरु अझै पनि अधिकारबाट वञ्चित हुनुपरेको छ:अष्टलक्ष्मी शाक्य

काठमाडौँ।प्रमुख प्रतिपक्षी नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महिलाहरू अझै पनि अधिकारबाट वञ्चित हुनुपरेको बताएकी छन।मानव अधिकारका लागि एकल महिलाको केन्द्रीय कार्यालय छहारी भवनमा बुधबार आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन।

शाक्यले वर्तमान समयमा व्यवस्था बदल्नेभन्दा पनि हामीमा भएको सोच विचार बदल्न आवश्यक रहेको धारणा व्यक्त गरिन। उहाँले महिला हकहितका लागि विभिन्न संघ-संस्था स्थापना भए पनि महिला अधिकार व्यवहारमा लागू नभएको दाबी गरिन। संस्थाको भर नपरी महिला आफैँ सशक्त हुनुपर्ने उनको धारणा छ।

यस्तै भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले अहिले अग्रजलाई सम्मान गर्न सके आगामी पुस्ताले पनि वर्तमान पुस्लाताई सम्झने बताइन।महिलाले गरेको महत्त्वपूर्ण योगदानलाई नसम्झिएका कारणले नै पुरुषको मात्र इतिहास लेखिएको र महिला पछाडि परेको उनको भनाइ छ।

कार्यक्रममा समाजसेवी तथा साहित्यकार भद्रा घले सम्मानित भएकी छन्। महिला सृष्टिकर्ता भएका कारण महिलालाई सम्मान गर्नुपर्ने घलेले बताइन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal