ट्रेन्डीङ्ग

नारायणी नदीमा हाम फालेर २६ वर्षीया रिचा उप्रेती बेपत्ता

चितवन।नारायणी नदीमा हाम फालेर एक युवति बेपत्ता भएकी छिन।भरतपुर महानगरपालिका वडा नं.३ पुल्चोक स्थित नारायणी नदीको पुलबाट हाम फालेर खैरहनी नगरपालिका वडा नं. ७ सुर्तनी घर भएकी २६ वर्षीया रिचा उप्रेती वेपत्ता भएको चितवन प्रहरीले जनाएको छ।

दिउसो पौने ३ वजे नदीमाथिको पुलबाट हाम फालेर वेपत्ता भएकी उप्रेतीको अवस्था हालसम्म पत्ता लाग्न सकेको छैन।उर्लदो नारायणी नदीमा हराइरहेकी उनको प्रहरीको टोलीले खोजतलास गरिरहेको छ।उनले किन हाम फालिन भन्ने बारेमा हालसम्म केहि खुलेको छैन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal