
सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ११ मा गुरुकुल बिधालयको स्थापना भएको छ।बाबा बर्दगोरिया तुल्सिराम गुरुकुल बिधालय प्रारम्भ भएको घोषणा गर्दै सुनवल नगरपालिकाका नगर उपप्रमुख सुर्य प्रसाद दुबेले आवश्यक सहयोग र सहकार्य नगरपालिकाबाट हुने प्रतिबद्धता व्यक्त गर्नु भयो।
जिल्लामै पहिलो गुरुकुल बिधालय स्थापना भएको र यसै दिनलाई गुरुकुल स्थापना दिवस मनाउने उपप्रमुख दुबेले बताउनु भयो।बिधालयलाई आवश्यक ब्यवस्थापनका लागि नगरपालिकाले सहयोग गर्ने उपप्रमुख दुबेको भनाई छ।
सस्कृत पठनपाठन साथै कर्मपाठ गराउने उद्देश्य सहित गुरुकुल बिधालय प्रारम्भ भएको हो।स्थानीय तुल्सिराम पाण्डेले गुरुकुल बिधालय स्थापना गर्नको लागि १३ कठ्ठा जमिन बिधालयलाई प्रदान गर्नु भएको छ।
गुरुकुल बिधालय प्रारम्भ कार्यक्रममा स्थानीय तुल्सिराम पाण्डेको अध्यक्षता,नगर उपप्रमुखको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सुनवल नगरपालिकाका प्रबत्ता तथा वडा नम्बर १३ का अध्यक्ष कृष्ण बगाले,नगर शिक्षा शाखा प्रमुख बिष्णु गोतामे,सामाजिक बिकास शाखा प्रमुख भगवती बस्याल,कार्यपालिका सदस्यहरु बिनोद खाती,सीता तिमिल्सिना,प्रधानमन्त्री शैक्षिक शुधार कार्यक्रम प्रतिनिधि खड्क बस्नेत नगर शिक्षा समिती सदस्य सुर्य न्यौपाने लगायतको उपस्थिति रहेको थियोे।