ट्रेन्डीङ्ग

उम्मेदवार हुन एमालेबाट विद्रोह हुदा सक्रिय सहभागी भएको हुनुपर्ने:नेकपा एस

काठमाडौँ।नेकपा एकीकृत समाजवादी पार्टीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारको मापदण्ड तोकेको छ। बुधबार बसेको समाजवादीको सचिवालय बैठकले आगामी निर्वाचनमा उठ्ने उम्मेदवारको मापदण्ड तय गरेको हो।

पार्टीले निर्वाचनमा उम्मेदवार बन्न एमालेबाट विद्रोह गर्दा सक्रियता पूर्वक सहभागी भएको हुनुपर्ने मापदण्ड राखेको छ। समाजवादीको पहिलो र महत्वपूर्ण मापदण्ड यही नै हो। गएको वर्ष मात्रै समाजवादीले एमालेलाई प्रतिगमनकारी घोषणा गर्दै पार्टी विभाजन गरेका थिए।

पार्टीका उपमहासचिव डा गंगालाल तुलाधरका अनुसार उम्मेदवारको नामावली २० भदौभित्र केन्द्रमा सिफारिस गर्नुपर्ने निर्णय भएको छ।यस्तै उम्मेदवारका लागि अन्य मापदण्डमा पार्टीको कार्यदिशा,नीति र कार्यक्रमप्रति प्रतिबद्ध भएको,पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ रहेको,आर्थिक र नैतिक आचरण राम्रो भएको,जनतामा स्थापित र लोकप्रिय, स्वच्छ छवि र सुशासनको पक्षपाती,कार्यक्षमता र सक्रिय भएको हुनुपर्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal