
बुटवल।पुर्वपस्चिम राजमार्ग अन्तर्गत बुटवल-१२ नंयागाउँको सडक छेउमा एक युवा मृत अवस्थामा फेला परेका छन।
बुटवल-११ कालिकानगरका २८ बर्षिय संजय खत्री मोटरसाइकल संगै दुर्घटनाग्रस्त अवस्थामा मंगलबार विहान मृत अवस्थामा भेटीएका हुन् ।
सडक छेउमा लु ३६ प ४७४२ नम्बरको मोटरसाइकलसँगै खत्री मृत अवस्थामा भेटिएको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।
शवलाई थप अनुसन्धान तथा पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको छ।