ट्रेन्डीङ्ग

कैलाशधाम परिसरमा लियो क्लबको बृक्षारोपण

बर्दघाट।लियो क्लब अफ नवलपरासी दाउन्नेले दाउन्ने मन्दिर माथी रहेको कैलाशधाम परिसरमा वृक्षारोपण गरेको छ।

श्रावण महिनाको अन्तिम सोमबारको अवसर पारेर क्लबले कैलाशधाम यात्रा तथा वृक्षारोपण कार्यक्रम आयोजना गरेको थियो।उक्त कार्यक्रममा लियो सदस्यहरूले रुद्राक्ष,श्रीखण्ड,खैर, बेल,पारिजात,तुलसी लगायतका धार्मिक मान्यता सग जोडिएका वृक्षहरू एवं एभोकाडो तथा अन्य फलफूलका बिरुवा समेत रोपिएको क्लबका अध्यक्ष मनिष तिवारीले बताए।

रुख र मानिसको सम्बन्ध प्रगाढ हुनुपर्ने हुदा प्रकृतिको संरक्षण गर्नु पर्ने लियो सदस्यहरूको भनाई छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal