
स्याङ्जा।स्याङ्जाको वालिङ नगरपालिकामा भीरबाट खसेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा वालिङ नगरपालिका वडा नं १२ लाम्पाते निवासी ६५ वर्षीयका पुर्ण बहादुर न्यौपाने क्षेत्री रहेका छन।
तीन दिनदेखि सम्पर्क बिहिन भएका क्षेत्री डुम्रेभञ्याङ लाम्पाते ग्रामीण सडक खण्डको कान्छी अकला मुनिको भीरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिनुभयो।
प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।