ट्रेन्डीङ्ग

ईश्वर र बादलसहित सात जनालाई एमालेको घोषणा पत्र लेख्ने जिम्मा

काठमाडौँ।प्रमुख प्रतिपक्षी नेकपा एमालेले पार्टीका विभिन्न नेतालाई आगामी निर्वाचनका लागि घोषणा पत्र लेख्ने जिम्मेवारी दिएकाे छ।

पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको एमाले सचिवालय बैठकले मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणा पत्र लेख्ने जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,उपाध्यक्ष रामबहादुर थापा‘बादल’,अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल,महासचिव शंकर पोखरेल,उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाललाई दिएको हो।

बैठकले निर्वाचनका लागि अध्यक्ष केपी ओली नेतृत्वमा ८ सदस्यीय घोषणा पत्र मस्यौदा कमिटी गठन गरेर ती नेताहरूलाई घोषणा पत्र लेख्ने जिम्म्वारी दिएकाे प्रचार तथा प्रकाशन विभाग प्रमुख एवम् उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

बैठकले भदौ ७ गते स्थायी कमिटी,९ गते पोलिटब्युरो १० र ११ गते ११ गते केन्द्रीय कमिटी बैठक बोलाइएको गुरुङले बताए।

यस्तै बैठकले केही केन्द्रीय विभागका सचिवहरूको मनोनयन र केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको छ।

बैठकले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन पनि गरेको गुरुङले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal