
सुनवल।सामुदायिक वन दिवस २०७९ को सन्द्रभमा सामुदायिक वनका सफलता,चुनौती र स्थानिय सरकार सँग सहकार्य विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।सुनवल नगरपालिका बातावरण तथा विपत ब्यवस्थापन समिति र सामुदायिक वन उपभोत्ता महासँघ नेपाल नगर महासँघ सुनवलको आयोजनामा अन्तरकृया भएको हो।
सुनवल नगरपालिकाको नगरप्रमुख विमला अर्यालले सुनवल नगरपालिकाले नगर भित्र रहेका २२ वटा सामुदायिक वनहरुमा एक वन एक उद्यमको निति ल्याएको बताउनुभयो।साथै सुनवल नगरमा मात्र ४४ प्रतिशत वन हुनु भनेको सामुदायिक वनहरुको योगदान रहेको बताउनुभयो।
जमिनको वनावटको आधारमा नगदे वालिको खेति गरि आय स्रोत बढाउने योजना अगाढि वढाउने बताउनुभयो।अन्तरक्रिया कार्यक्रममा नगर उपप्रमुख सुर्य प्रसाद दुवेले वन क्षेत्र भित्र नगदे वालि खेति गरी आयआर्जन मुलक कार्यक्रमहरु संचालन गरि गरिबी निवारण गरिने बताउनुभयो।
सुनवल नरपालिका वडा नम्वर ६ का वडाअध्यक्ष एवं सुनवल नगरपालिका बातावरण तथा विपत ब्यवस्थापन समिति संयोजक हिमलाल शर्मा चापागाईले सरकारले ल्याएको वन नियामवाली सामुदायिक वनको हित विपरित भएको बताउनुभयो।त्यस्तै डिभिजन वन कार्यालका प्रमुख महेन्द्र वाग्लेले सामुदायिक वनको विकास राम्रो भएको तर सुशासन,पारदर्शिता,जवाफदेहिता सहभागिता समृद्धि र रोजगारीको सृजना कमि रहेको बताउनुभयो।
त्यस्तै वन उपभोत्ता महासंघ नेपाल महासंघ नेपाल जिल्ला अध्यक्ष कमल परियारले डिभिजन वन कार्यालयपनि सामुदायिक वनको हित र सहजिकरणको लागी काम नगरेको आरोप लगाउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा वन उपभोत्ता महासंघ केन्द्रिय सदस्य गिता चौधरी,प्रदेश सचिवालय सदस्य नारायण पाण्डे,नगरभित्रका विभिन्न सामुदायिक वनका प्रमुख एवं प्रतिनिधिहरु,जनप्रतिनिधिहरु को सहभागिता रहेको सुनवल नगरपालिका वन वातावरण तथा विपत व्यवस्थापन समिति सदस्य सचिव चक्रपाणि भण्डारी जानकारी दिनुभयो।