
वालिङ।वालिङका उद्यमीलाई बित्तिय साक्षरता र नविनतम प्रबिधिको प्रयोग बारे छलफल गरिएको छ।वालिङ नगरपालिकाका कृषक तथा उद्यमीहरुले उत्पादनसँगै आधुनिक प्रबिधिको प्रयोग गरेर बजारीकरण गर्न आवश्यक रहेको बताएकाछन।कार्यक्रममा बोल्ने कृषक तथा उद्यमीहरुले आधुनिक प्रबिधिको प्रयोग र महत्वका बारेमा खुलेर बहस गरेका थिए।कार्यक्रममा बोल्दै युएनडिपी नेपालका गण्डकी तथा लुम्विनी प्रदेशका प्रमुख सुदिप अर्यालले समय सापेक्ष प्रबिधिको प्रयोगले सहजै व्यवशाय प्रवद्धन गर्न सकिने बताउनु भयो।उत्पादनमूलक काम सँगै उचित प्रचार प्रसार गर्न सक्ने हो भने व्यवशाय सहजै फस्टाउन सक्ने उहाँको भनाई छ।
कृषक र उद्यमीहरुको समस्या समाधानमा समेत आधुनिक बित्तिय प्रबिधिको प्रयोगले सहज हुने अर्यालको भनाई छ । आधुनिक प्रबिधिको प्रयोग गरेर बजारीकरण गर्ने तरिकाको बारेमा समेत अर्यालले जानकारी गराउनु भएको थियो।उद्यमी अनुकुल बातावारण बनाउन नगरपालिकामा सञ्चालनमा ल्याईएको ईबिकले सबैलाई सहयोग गर्ने प्रमुख अर्यालको भनाई छ।वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भईरहेको‘हरित पुनःउत्थान तथा कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’अन्तर्गत कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा बोल्दै वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ल्याप्टेन याम बहादुर गुरुङ,दियालो संस्थाका कोषाध्यक्ष सीता डुम्रे लगायतले बोलेका थिए।दियालो संस्थाका सचिव सीता गौडेल गैह्रेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन परियोजना प्रमुख राधाकृष्ण डुम्रेले गर्नु भएको थियो।कार्यक्रमका सहभागी कृषक तथा उद्यमीहरुले आआफ्ना समस्याहरु खुलेर बताएका थिए।सरोकारवालाहरुले आफूहरुलाई काम गर्ने बातावरण बनाईदिने हो भने आफूहरु जति पनि उत्पादन गर्न तयार रहेको बताएका थिए।