
काठमाडौँ।राष्ट्रिय परीक्षा बोर्डले साउन मसान्तसम्म विद्यार्थी भर्ना गर्न विद्यालय र कलेजलाई निर्देशन दिएको छ। बोर्डले सूचना प्रकाशित गर्दै विद्यालय/कलेजले भर्नाको म्याद छोटो राख्दा विद्यार्थीलाई समस्या परेको बताएको छ।
‘एसईईको नतिजा साउन-११ मा प्रकाशित भएको र विद्यालय र क्याम्पसहरुले फरक/फरक भर्ना तालिका राखेर छोटो समयको म्याद राखिएको छ,’वोर्डले भनेको छ,‘यसकारण देशका दुर्गम क्षेत्रका विद्यार्थीहरूले भर्नाका लागि आवेदन दिने अवसरबाट बञ्चित हुन्छन्।’बोर्डले भर्ना अभियान न्यूनतम् १५ दिन तय गर्न विद्यालयहरुलाई आग्रह गरेको छ।