
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनसम्म जाने बताउनुभएको छ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकमा उहाँले गठबन्धनको विकल्प खोज्ने पक्षमा उभिन नहुने बताउनुभएको हो।
उहाँले बरु गठबन्धन भित्रै सामाजवादी केन्द्र वा उप गठबन्धन बन्न सक्ने बताउनुभएको थियो।विगतमा गरिएका गल्ती तथा कमजोरी स्वीकार नगरेको तथा कुनै पनि आत्मआलोचना नगरेका कारण नेकपा (एमाले)सँग गठबन्धन हुने ‘च्याप्टर क्जोज’ भएको अध्यक्ष दाहालको भनाइ छ।
उहाँले भन्नुभयो,“हामी अहिले गठबन्धनको विकल्प खोज्ने पक्षमा छैनाँै,यसैलाई बढी सुदृढ बनाएर निर्वाचनमा जानुपर्छ।” बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था,पार्टीको साङ्गठनिक जीवन एवं अवस्थालगायतका विषयमा छलफल भएको थियो ।
बैठकमा अध्यक्ष दाहालले संविधानको रक्षा, शान्ति संविधानको संवद्र्धनका लागि स्थापना भएको गठबन्धनलाई बलियो बनाउने विषय नै यतिखेरको प्रमुख आवश्यक विषय भएको बताउनुभएको थियो । नेता गिरिराजमणि पोखरेलका अनुसार बैठक पुनः शुक्रबार बिहान बस्ने गरी स्थगन भएको छ ।