ट्रेन्डीङ्ग

जेसिजले समाज परिवर्तनमा महत्त्वपूर्ण भुमिका खेलेको छ:सुनवल नगर उपप्रमुख दुवे

सुनवल।सुनवल जेसिज बर्ष २०२२ ले प्री इन्डक्सन तालीम सप्पन्न गरेको छ।

जेसिजका नयाँ प्रबेशीहरुलाई मध्यनजर गर्दै तालिम सन्चालन गरेको सुनवल जेसिज बर्ष २२ का अध्यक्ष जेसि जमुना थापाले जानकारी दिनुभयो।

जेसिजले युवाको व्यक्तित्व र नेतृत्व बिकासमा सहयोग गर्दै समाज परिवर्तनमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने सुनवल नगरपालिकाका नगरउपप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि सुर्य प्रसाद दुबेले बताउनुभयो।

तालीमको उद्घाटन शत्रमा सुनवल जेसिजका सस्थापक अध्यक्ष रेशम शर्मा,पुर्वअध्यक्ष रमेश कर्माचार्य,उत्सब पौडेल,निबर्तमान अध्यक्ष बासुदेब पौडेल लगायतले युवाहरुको व्यक्तित्व र नेतृत्व बिकासको लागि जेसिजको महत्वमाथी प्रकाश पार्नुभएको थियोे ।

तालिमको सयोजन जेसिज बर्ष २२ का कार्यक्रम निर्देशक जेसि सपना शर्माको सयोजनमा भएको तालिमको सहजीकरण तिलोत्तमा जेसिजका निबर्तमान अध्यक्ष जेसि बासुदेब शर्माले गर्नु भएको सुनवल जेसिज बर्ष २२ का महासचिव बिकास आचार्यले जानकारी दिनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal