ट्रेन्डीङ्ग

स्कटल्याण्डद्वारा नेपाल सामु १४५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं।सोमपाल कामी र आदिल आलामले उत्कृष्ट बलिङ गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु मा स्कटल्याण्डलाई १४४ रनमा अलआउट गरेको छ।

ग्लास्कोमा टस जितेर बलिङ गर्ने कप्तान सन्दीप लामिछानेको निर्णयलाई नेपाली बलरले सही सावित गर्दै सुरुवातदेखि नै घरेलु टोलीलाई दबाबमा राखेका थिए।

टस हारेपछि ब्याटिङको निम्तो पाएको घरेलु टोलीलरे गेभिन मेइनको अर्धशतक मद्दमा स्कटल्याण्डले ४२.२ ओभरमा सबै विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो।

९४ रन बनाउँदा ९ विकेट गुमाइसकेको स्कटल्याण्डका लागि नवौँ नम्बरमा ब्याटिङ गरेका गेभिनले हमजा ताहिरसँग मिलेर १०औं विकेटका लागि ४९ रनको साझेदारी गरे । ५९ बल खेल्दै उनले ७ चौका र १ छक्का मद्दतमा अविजित ६४ रन बनाए ।

१० ओभरको पावर प्लेमा २९-३ को अवस्थामा रहेको स्कटल्याण्डले १२ ओभर भित्रनै पहिलो ५ विकेट गुमाएको थियो भने जम्मा ३३ रन मात्र बनेको थियो।त्यसपछि मार्क वाट, सफ्यन सरिफ र गेभिनले इनिङ्स सम्हाले । वाटले १७ र सरिफले १६ रन जोडे । कलुम क्यालोडले १३ रन बनाए ।

स्कटल्याण्डलाई अलआउट गर्न सोमपाल र आदिलले ३-३ विकेट लिए।आदिलले १० ओभरमा १ मेडन राखेर ३१ तथा सोमपालले १० ओभरमा ४० रन खर्चिए।कप्तान सन्दीप लामिछानेले १० ओभरमा १ मेडन राख्दै ३५ रन खर्चेर २ विकेट लिए । करण केसीले १ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए।

सोमपालले खेलको दोस्रो ओभरमै म्याथ्यु क्रसलाई आउट गर्दै नेपाललाई सफलता दिलाएका थिए।करण केसीले सातौँ ओभरमा कलुम म्यालोडलाई आउट गरे । त्यसपछि सोमपाल र आदिल मिलेर स्कटिस मिडल ओभर ध्वस्त पारे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?