ट्रेन्डीङ्ग

तानसेन सिमेन्ट आजदेखि भारततर्फ निर्यात

  • तानसेन सिमेन्ट भारततर्फ निकासी गर्नु गर्वको विषय:नगर प्रमुख अर्याल
  • सुनवल।पश्चिम नवलपरासीको सुनवल ७ मा रहेको पाल्पा सिमेन्टले आफ्नो उत्पादन पहिलो पटक भारत निर्यात गर्ने भएको छ।स्थानिय र राष्ट्रिय स्तरमा वजारीकरण गर्दै आएको पाल्पा सिमेन्ट इन्डष्ट्रीज लिमिटेडको तानसेन सिमेन्ट भारततर्फ निकासी गर्ने पाल्पा सिमेन्टले जनाएको हो।नेपाल सिमेन्टमा आत्मनिर्भर वन्दै गर्दा देश वाहिर पनि सिमेन्टको बजारीकरण र प्रर्वद्धन गर्नुपर्ने नेपाल सरकारको अनुरोध संगै हालैको बजेट मार्फत नेपाल सरकारले वनाएको वतावरणलाई उपयोग गर्दै भारततर्फ निकासी गर्न लागेको उद्योगले जनाएको छ।भारत तर्फको निकासीले आर्थिक गतिविधिलाई कृयाशिल गराउने र यसले सिमेन्टमा मात्र नभई सवै क्षेत्रलाई सहयोग पुर्‍याउने पाल्पा सिमेन्ट इन्डष्ट्रिज लिमिटेडका जनसम्पर्क प्रवन्द्धक जिवन निरौलाले बताउनुभयो।त्यस्तै नेपाल आयत गर्ने देशको सुचिमा रहेपनि सिमेन्टमा आत्मनिर्भर भइ भारत तर्फ पनि निर्यात गर्नु ठुलो उपलब्धी भएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताउनुभयो।

    पाल्पा सिमेन्ट इन्डष्ट्रीजद्धारा उत्पादीत तानसेन सिमेन्ट भारततर्फ निकासी गर्नु गर्वको विषय भएको सुनवल नगरपालिकाको नगर प्रमुख विमला अर्यालले बताउनुभयो।सुनवलमा रहेको सिमेन्ट नेपालमा मात्रै नभई भारतमा पनि निकासी हुनु सुनवलको लागी गौरवको कुरा भएको नगर प्रमुख अर्यालको भनाई छ।नेपालमा ५० भन्दा धेरै सिमेन्ट उद्योगहरु संचालमा रहेका छन्। जसमध्ये पाल्पा सिमेन्ट इन्डष्ट्रीज सहित १५ ओटा सिमेन्ट उद्योगकले सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्दै आएका छन्।नेपालमा सिमेन्ट उद्योगहरुको वार्षिक उत्पादन क्षमता करिव २ करोड २० लाख टन रहेको विभिन्न तथ्यांकले देखाएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?