ट्रेन्डीङ्ग

नेकपा निकट विधार्थीले दले जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध निर्देशक झालाई कालोमोसो

परासी।विप्लव नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी)ले जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झालाई कालोमोसो दलेर जनकारबाही गरेको जनाएको छ।क्रान्तिकारीले प्रबन्ध निर्देशक झा लाइ सरकारी बिधालयहरुमा पाठ्यपुस्तकको चरम किर्तिम अभाव र भ्रष्टाचारको आरोपमा कार्वाही गरेको जनाएको छ।

अखिल(क्रान्तिकारी)केन्द्रीय समितीले प्रबन्ध निर्देशक झालाइ कार्वाही गर्नुको कारण सहितको पर्चा जारी गरेको छ।क्रान्तिकारीद्वारा जारी पर्चामा देशैभरी सरकारी बिधालयहरुमा पाठ्यपुस्तकको चरम कृतिम अभाव गराएको,राजधानीमै पाठ्यपुस्तकको चरम अभाव गराएको,जनक शिक्षा समाग्री केन्द्रमा लामो समयदेखी चरम भ्रष्टाचार गरेको,कागज खरिदमा चरम अनियमितता गरेको,निजि दलाल शैक्षिक संस्थासंग मिलेर जनक शिक्षा समाग्री डुबाउने खेलमा लागेको र जनताका छोराछोरीको भविस्य माथी चरम खेलवाड गरेको उल्लेख गरिएको छ।

अखिल(क्रान्तिकारी)द्वारा प्रबन्ध निर्देशक झालाई कार्वाही किन?

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?