
काठमाडौँ।राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज चार मुलुकका लागि नवनियुक्त राजदूतहरुले पदथ तथा गोपनीयताको शपथ लिनुभएको छ।
राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा उहाँहरुले शपथ लिनुभएको हो।
शपथ लिने राजदूतहरुमा डा नरेशविक्रम ढकाल(कतार),विष्णुपुकार श्रेष्ठ (चीन),कैलाशराज पोखरेल(अष्ट्रेलिया) र कान्ता रिजाल(इजरायल) हुनुहुन्छ।
समारोहमा परराष्ट्रमन्त्री डा नारायण खतिवडा लगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।