ट्रेन्डीङ्ग

जनपत्रकार संगठन नेपालका संयोजक विक रिहा

माघ ११ काठमाडौं। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट निकट पत्रकार संगठन जनपत्रकार संगठन नेपालका संयोजक शेरबहादुर विक (दर्शन) लामो समयको हिरासत बसाई पछि रिहा भएका छन् । काठमाडौंको नारायणगोपाल चोकबाट पक्राउ परेका विकलाई जिल्ला प्रशासन कार्यलय अछामले साधारण तारिखमा रिहा गरेको हो ।

संगठनको काम गर्दै गर्दा राष्ट्रिय अनुसन्धान विभागको टोलीले उनलाई पुस २० गते पक्राउ गरेको थियो । केही समय महानगरिय प्रहरी बृत महाराजगञ्जको हिरासतमा रहेका उनलाई जिल्ला प्रशासन कार्यलय काठमाडौंले साधारण तारिखमा रिहा गरेको थियो । रिहा भए लगत्तै उनलाई प्रहरीले आछाम जिल्ला पुर्याएको थियो ।

केही सयम अछाम जिल्लाको हिरासतमा रहेको उनलाई जिल्ला प्रशासन कार्यलय अछामले साधारण तारिखमा रिहा भएका हुन् । हातहतिया तथा खरखजना मुद्धामा पक्राउ परेका उनलाई जिल्ला प्रशासन कार्यलय अछामले आइतबार रिहा गरेको हो ।

अछाममा उनका दुई ओटा मुद्धा थिए । ती दुबै मुद्धामा बोलाएको समयमा उपस्थित हुनेगरी साधारण तारिखमा रिहा गरेको उनका भाई भरतबहादुर विकले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal