ट्रेन्डीङ्ग

अविरल बर्षाका कारण बुटवल-पाल्पा सडक अवरुद्ध

पाल्पा।निरन्तर वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडकमा मंगलवार बिहानैदेखि यातायात अवरुद्ध भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिकाको माथिल्लो सिद्धबाबा नजिक माथिबाट सडकमा पानीको ठूलो भेल खसेको छ।पानीको भेल खस्दा सवारी साधन ओहोर दोहोर हुन नसकेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

बिहान ६ बजेदेखि सवारी साधन चल्न सकेको छैन।वर्षाका कारण राजमार्गमा ठूलो पहिरो नगएको भएपनि सिद्धबाबा क्षेत्रका केही ठाउँमा ढुंगाहरू खसेको छ।सिद्धबाबा र झुम्साका बीचमा ढुंगा र पहिरोहरू खसेको दोभान प्रहरी चौकीका सई विष्णुबहादुर कुँवरले बताए।अहिले दुबै तर्फ सवारी साधनहरु रोकिएका छन्।

रुपन्देहीसहित धेरै ठाउँमा विहानैदेखी वर्षा भइरहेको छ।वर्षाले ठाउँ ठाउँका सडकहरूमा पानी जम्दा यातायात ओहोर दोहोरमा समस्या भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal