ट्रेन्डीङ्ग

गुणस्तरहिन सामाग्री प्रयोग भएको देखिएपछि रिफ्रेस सेन्टर निर्माणमा रोक

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको वडा नम्बर ४ मा निर्माण भइरहेको रिफ्रेस सेन्टरमा गुणस्तरहीन सामाग्री प्रयोग भएको पाइएपछि बर्दघाट नगरपालिकाले निर्माण कार्यमा रोक लगाएको छ।

बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठको नेतृत्वमा रहेको टोलिले अनुगमनका क्रममा गुणस्तरहिन निर्माण सामाग्रीको प्रयोग भएको पाइएको हो।प्रदेश सरकारको बजेटमा निर्माण भइरहेको रिफ्रेस सेन्टरमा कमसल ईट्टा प्रयोग भएको र मापदण्ड विपरित निर्माण भएको स्थानीयको गुनासो पछि नगर प्रमुख शम्भुलाल श्रेष्ठ,उपप्रमुख तथा अनुगमन समिति संयोजक रुद्रप्रकाश उपाध्याय सहितको टोलीले अनुगमन गरेको हो।
अनुगमनको क्रममा गुणस्तरहिन निर्माण सामाग्रीको काम भइरहेको पाइएकोले कामदारहरुलाई काम रोक्न नगर प्रमुख र उपप्रमुख दुबैले निर्देशन दिनु भएको छ।रिफ्रेस सेन्टर निर्माणमा गुणस्तरहिन सामाग्रीको प्रयोग भएको पाएपछी नगरप्रमुख श्रेष्ठले निर्माण पक्ष(ठेकेदार)लाई फोन समेत गर्दै निर्माण कार्य रोक्न निर्देशन दिनु भयो।नगर प्रमुख श्रेष्ठका रिफ्रेस सेन्टर निर्माण प्रयोग भएका सामाग्री गुणस्तरहिन देखिएकोले हाललाई निर्माण कार्यमा रोक लगाइएको हो।

अनुगमन पछि उपप्रमुख उपाध्यायले निर्माणको केहि भागमा पहिलो नम्बरको ईट्टा प्रयोग र केहि भागमा गुणस्तरहिन इट्टाको प्रयोग भएको पाइएको छ।निर्माण स्थलको अनुगमन गर्दा बाल चर्केको गुणस्तरहिन इट्टा निर्माण स्थलमानै राखिएको देखिएकाले तत्कालका लागि निर्माण कार्यमा रोक लगाइएको बताउनु भयो।रिफ्रेस सेन्टर लुम्बिनी प्रदेश सरकारको १६ करोडको लागतमा बन्न लागेको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal