ट्रेन्डीङ्ग

सरावल गाउँपालिकामा अत्यावश्यक बाहेकका काम शुक्रबार स्थगन

सरावल।पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको शुक्रबार दशौं गाउँसभाको अवसरमा गाउँपालिकाको  अत्यावश्यक बाहेकका सेवा स्थगन हुनेभएको छ।

शुक्रबार आयोजना हुने सरावल गाउँपालिकाको दशौं गाउँसभामा सम्पूर्ण जनप्रतिनिधि,कर्मचारी र सम्बन्धित सवैको उपस्थिति हुने भएकोले वडा कार्यलय र गाउँपालिका अन्तर्गतका अत्यावश्यक बाहेकका सेवा स्थगन हुने सुचना मार्फत जानकारी गरिएकोछ।

साथै गाउँपालिकाबाट सुचना निकालि सेवा स्थगन भएको पालिका बासिलाई जानकारी गरिएको र सेवा स्थगन गरिएकोले त्यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाका लागि गाउँपालिका क्षमाप्रार्थी रहेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीले जानकारी दिनुभएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal