
काठमाडौं । पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले अहिले भएका कुनै पनि राजनीतिक दलमा प्रवेश नगर्ने बताएका छन् ।
मंगलबार राष्ट्रिय सभा गृहमा आयोजिक एक कार्यक्रममा उनले नयाँ दल निर्माणको घोषणा गरेका हुन् । लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्माणको समेत घोषणा गरेका छन् ।
लामिछानेले भनेका छन्, ‘अहिले दर्ता भएका कुनै पनि दलमा राजनीतिक दलभित्र राम्रा मान्छे नभएका होइनन् । प्रत्येक दलमा राम्रा मान्छे छन् तिनीहरूको सम्मान गर्नुपर्छ ।’
नयाँ पार्टी घोषणा गर्दै लामिछानेले आम निर्वाचनमा उठ्न चाहने व्यक्ति पार्टीभित्रैबाट प्राथमिक चुनाव जितेर आउनुपर्ने प्रणाली रहेको पनि बताए ।