ट्रेन्डीङ्ग

पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैया

काठमाडौं।सरकारले पेट्रोल,डिजेल र मट्टीतेलको मूल्य बढाएको छ।आइतबार राति १२ बजे बाट लागु हुने गरि सरकारले २१ रुपैया बढाउदै पेट्रोल १९९ रुपैया प्रतिलिटर पर्ने भएको छ।

आइतबार राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल लिटरमा २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा २७ रूपैयाँ बढाएको छ।

नेपाल आयल निगमद्वारा जारी विज्ञप्ति अनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १९९ रूपैयाँ,डिजेल र मट्टीतेल १९२ रूपैयाँ लिटर पर्नेछ।

एलपी ग्यासको भने मूल्य यथावत,एक हजार ८ सय रूपैयाँ नै छ।

हवाइ इन्धन(आन्तरिक र बाह्य)को मूल्य पनि सरकारले बढाएको छ।हवाइ इन्धन आन्तरिकमा लिटरको १९ रूपैयाँ र बाह्यमा प्रतिकिलो लिटर १०० अमेरिकी डलर बढाइएको निगमले जनाएको छ।यसअघि जेठ २६ गते मात्र निगमले पेट्रोल,डिजेल र मट्टीतेलको मूल्य  बढाएको थियो।विज्ञप्ति:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal