
बुटवल।रुपन्देहीको मर्चवारीमा आज सार्वजनिक बिदा दिइएको छ। गाउँपालिका उपाध्यक्ष आशा सिंहको देवर नाता पर्ने व्यक्तिको दुर्घटनामा मृत्यु भएपछि आज सार्वजनिक बिदा दिइएको हो।
मृतक उपाध्यक्षको देवर नाता पर्ने भनिए पनि विज्ञप्तिमा मृतकको परिचय भने खुलाइएको छैन।गाउँपालिका अध्यक्ष गयाप्रसाद बरईद्वारा जारी विज्ञप्तिमा भनिएको छ असार ५ गते आइतबार (आज) सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन्।
गाउँपालिका कार्यालय,वडा कार्यालय,विद्यालयलगायतका संघसंस्था सबैमा आज बिदा दिइएको विज्ञप्तिमा उल्लेख छ।
हेर्नुहोस् गाउँपालिकाद्वारा जारी विज्ञप्ति: