
धादिङ।धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ६ धार्केमा दुई वटा ट्रकमा ल्याएको रासायनिक मल किसानले नियन्त्रणामा लिएका छन्।
भारतबाट भन्सार छलेर ल्याइएको भनिएको मल धार्केमा किसानले नियन्त्रणमा लिएका हुन्।भन्सार छलेर ल्याउँदै गरिएको दुई ट्रक मल राजश्व विभागले नियन्त्रणमा लिएपछि व्यापारीहरुको संलग्नतामा किसानहरुलाई जानकारी गराए पछि झन्डै ५ सय जना किसानले पृथ्वी राजमार्गको बिच सडकमै ट्रक रोकेर नियन्त्रणमा लिएका हुन् ।
व्यापारीहरुले केही समयदेखि भन्सार छलीेर धादिङका स्थानीय बजारमा मल कालोबजारी गरेर बेच्दै आएको आरोप पनि लागेको छ।विशेष सुराकीको आधारमा राजश्व अनुसन्धान विभागले मल नियन्त्रणमा लिएपछि व्यापारीको संलग्नतामा स्थानीय किसानलाई मल लुट्न लगाएको किसानहरुले बताएका छन् । करिब ५ सय बोरा मल किसानले कब्जा गरेरलगे को बताएका छन्।
अहिले देशभर मल अभाव भइरहेको छ ।धान रोप्ने समयमा पनि मल नपाएको भन्दै किसान आक्रोशित भइरहेका बेला आज धार्केमा किसानले मल कब्जा गरेका हुन् । किसानले मल कब्जा गर्ने क्रममा प्रहरीले भिड तितरवितर गर्न लाठी प्रहार चार्ज गरेको छ।