ट्रेन्डीङ्ग

ग्लोबल आईएमई र बैंक अफ काठमाण्डु बिच मर्जर सम्झौता

काठमाडौँ । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू बीच मर्जर सम्झौता भएको छ । बिहीबार बिहान होटल याक एण्ड यतीमा मर्जर सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

दुबै बैंकबीच बराबरी हैसियतमा मर्जर सहमति भएको स्रोतले बतायो । मर्जरपछि नयाँ बैंकको नाममा ग्लोबल आईएमई बीओके बैंक हुने छ।नयाँ बैंकको प्रमुख कार्यकारीमा ग्लोबल आईएमईका रत्नराज बज्राचार्यले निरन्तरता पाउने सहमति भएको छ ।

मर्जरसँग बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्ने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?