ट्रेन्डीङ्ग

सुनवल:५ बर्ष भित्र नगरका सबै घरधुरीमा स्वच्छ पानी,५ हजार लिटर नि:शुल्क

सुनवल।सुनवलमा खानेपानीको बर्तमान अवस्था विषयक सुनवल नगरपालिकाले सरोकारवालासंग छलफल गरेको छ।

नगरपालिकाको पहिलो बैठकबाट गरेको निणयलाई कार्यन्वयन गर्नको लागि नितिगत निर्णय र आवश्यक अध्ययन गर्न बनेको कार्यदलले गरेको अध्ययन लगायतका बरेमा छलफल भएको नगरपालिका जनाएको छ।

छलफल कार्यक्रममा कार्यदल संयोजक तथा वडा नम्बर ४ का वडा अध्यक्ष बालकृष्ण पङ्गेनिको अध्यक्षता साथै सुनवल नगरपालिकाका नगरप्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।नगरप्रमुख बिमला अर्यालले प्रत्यक्ष जीवन सङ्ग जोडिएको खानेपानीमा ५ हजार लि बराबरको पानी नि:शुल्क गराउने गरि नगर कार्यपालिकाको पहिलो बैठकबाट निणय गरेको बताउनु भयो।

५ हजार लि पानी निशुल्क खास गरि अति बिपन्न बर्गलाई लक्षित गरि निर्णय गरेको बताउनु भयो। साथै ५ बर्ष भित्र सबै नगर भित्रका घरधुरीमा स्वच्छ पिउने पानी पुर्‍याउने बताउनु भयो । त्यस्तै बिपन्न बर्गलाई लक्ष्यित गर्दै फोटोकपी समेत सबै वडामा नि:शुल्क गरेको भन्दै जनमुखी काममा कत्ति पनि नहिचकिचाउने बताउनु भयो ।छलफल कार्यक्रममा कार्यदल संयोजक बालकृष्ण पङ्गेनिले प्रत्येक घरमा स्वच्छ खानिपानी धारा पुर्‍याउने उद्देश्य सहित नगरको निर्णयलाई कार्यनयन गराउनको लागि कर्यादल लागि परेको बताउनु भयो।

छलफल कार्यक्रम खानेपानी महासङ्ग केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक थान प्रसाद गैर,जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठ,नगर अध्यक्ष दिपक राना,सचिब यज्ञ प्रसाद पाण्डे लगायतले खानेपानीको महसुल,जडान,सरसफाइ,ल्याब सम्बन्धमा सुझाव राख्नुभएको कार्यदल सदस्य भगवती बस्यालले जानकारी दिनुभयो।

छलफल कार्यक्रममा सुनवल खानेपानीका अध्यक्ष खड्क बस्नेत,रामनगर बृहत खानेपानीका अध्यक्ष कृष्ण प्रसाद पाण्डे,बडेरा खानेपानीका ब्यवस्थापक बुद्धिकला पाण्डे,अधेरी खोला खानेपानीका अध्यक्ष बालकृष्ण भट्टराई ,लौकेश्वर बैरागनाथ खानेपानी अध्यक्ष गुप्त बहादुर केसी,संचालनको क्रममा रहेको बनकट्टी खानेपानीका सचिब यामजित मल्ल,स्वाठी खानेपानीका सचिव ओमबहादुर कवर,घियुडल्ला खानेपानीका अध्यक्ष भबिस्वर पराजुली लगायतले खानेपानीको अवस्थाको बारेमा बताउनुभएको थियो।

छलफलमा ३ देखी ५ बर्ष भित्र सुनवल नगर भित्र सबै घरधुरिमा खानेपानी पुर्‍याउने लक्ष्यको लागि थप खानेपानी आयोजनाको माग भएको कार्यदल सदस्य सचीव रेशम शर्माले बताउनु भयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal