ट्रेन्डीङ्ग

भाइको हत्या गर्ने दाजु पक्राउ

सुनसरी।सुनसरीको बराहक्षेत्र नगरपालिका-४ स्थितमा बन्चरो प्रहार गरी भाईको हत्या गर्ने दाजुलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा बराहक्षेत्र ४ का ३० बर्षीय देबराज धामी रहेका छन।

देबराजले आफ्नै भाई १८ बर्षीय देव कुमार धामीलाई सामान्य बादबिवाद हुँदा बन्चरोले टाउकोमा प्रहार गरी गम्भिर घाईते बनाएका थिए।

घाईते देव कुमारलाई घर परिवारका मानिसले तत्कालै उपचारको लागि बि.पि. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपा लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो।

बन्चरो प्रहार गरी भाईको हत्या गर्ने देबराजको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले हिरासतमा राखेर अनुसन्धान गरीरहेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal