ट्रेन्डीङ्ग

स्वस्थ जिवनका लागी तेल मसाज र स्टिम वाथ

काठमाडौ । के हो तेल मसाज र कसरी गरिन्छ ।
शरीरको दुखाइ मासपेशिलाई तन्दुरुस्त बनाउन आयुर्वेद तेलद्वारा मालिस गर्ने प्रक्रिया हो।
तेल मालिसका फाइदाहरु:
१. मांशपेसिहरुलाई पोषण दिइ दुखाई मुक्त गर्दछ ।
२.आरामको निन्द्रा लगाउँछ ।
३.जोनिहरुको कार्यक्षमता जिवन्त राख्दछ
४.प्रतीरक्षा प्रणालिहरुलाई सशक्त बनाउँदछ ।
५.मानसिक तनाब कम गरि एकाग्रता बढाउँदछ ।
६.डर , चिन्ता र नैरास्यता हटाउँदछ ।
७.रक्तसंचारलाई सुचारू गर्छ ।
८.शरिरलाई फुर्तिलो बनाउँछ ।
९.छालाको सौन्दर्यतालाई बढाउँछ ।
१०.मोटोपन घटाउन मद्दत गर्दछ ।
के हो स्टिम वाथ र यो कसरी गरिन्छ ? स्टिम भाव भनेको शरीरमा भएको अशुद्ध बेकार चिजहरुलाइ पसिना मार्फत निकालिने प्रक्रिया हो । घाटी भन्दा मुनिको भाग स्टिम बक्समा राखी पानीको वाफमा करिब १५-२० मिनेट सम्म राखिन्छ ।
स्टिम बाथका फाइदाहरु :
१.शरिरको पूर्ण शुद्धीकरण ,
२.रक्त सञ्चारलाई ठिक गर्दछ ,
३.रोग प्रतिक्षा क्षमता बढाउँछ
४. तौल कम गर्दछ तनाव घटाउँछ ,
५.आरामको निन्द्रा लगाउँछ
६. दुखाई कम गर्दछ
७.छालाको चार्मिङ्ग बढाउँछ ,
८.बन्द नाक खुलाउँछ ,
९.रुघा खोकीलाई बन्द गर्दछ ,
१०.बाथलाई ठीक गर्दछ ,
११.जोनी दुखाई बन्द गर्दछ , अन्ततःस्टिम वाथ र तेल मसाज गर्नु स्वास्थ्यका फाइदाजनक छ ।
बिनोद चौधरि हिमालय योग तथा प्राकृतिक हस्पिटल प्रा.लि. वानेश्वर काठमाडौका बरिस्ठ नेचुरल थेरापिस्ट हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?