
काठमाडौँ।प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्दैछ।
महासचिव शंकर पोखरेलको अध्यक्षतामा उपमहासचिव र सचिवहरू सदस्य रहने केन्द्रीय कार्यालयको बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
उनका अनुसार बैठकले सोमबारको केन्द्रीय सचिवालयको बैठकका कार्यसूचीहरू निर्धारण गर्नेछ।