ट्रेन्डीङ्ग

नेपाल कुवेत संग ४-१ गोलले पराजित,एएफसी कपमा छनोट हुने सम्भावना सकियो

काठमाडौं।लगातार दोस्रो हारसँगै एएफसी एसियन कप २०२३ मा छनोट हुने नेपालको सम्भावना सकिएको छ।शनिबार राति कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा नेपाल कुवेतसँग ४-१ अन्तरले पराजित भएको हो।

यसअघि नेपाल पहिलो खेलमा जोर्डनसँग २-० ले पराजित भएको थियो।यस खेलसँगै नेपाल समूह ए मा दुई खेलबाट विना कुनै अंक पुछारमा छ।

कुवेतको पहिलो जितमा युसेफ अलसुलिमानले दुई तथा फाहद अलरेसिदी र मोबारक अल्फानिनीले एक-एक गोल गरे।

नेपालका दर्शन गुरुङले सान्त्वना गोल गरे।हालसम्मको आठ भेटमा दर्शन कुवेतविरुद्ध गोल गर्ने दोस्रो खेलाडी भने।४० वर्ष अघि एसियन गेम्समा नेपालका वाइवी घलेले कुवेतविरुद्ध गोल गरेका थिए ।

खेलको २८ औं मिनेटमा फाहदले हेड मार्फत गोल गर्दै कुवेतलाई अग्रता दिलाए।४८ औं मिनेटमा युसेफ दोस्रो गोल गरे।खेलको ७० औं मिनेटमा युसेफले व्यक्तिगत दोस्रो गोल गरे भने ७३ औं मिनेटमा अल्फानिनीले टोलीको अग्रता ४-० को बनाए।खेलको इन्जुरी समयमा दर्शनले बक्स भित्रबाट गोल सान्त्वना गोल गरे।

यस हारसँगै नेपालले २ खेलबाट कुनै अंक जोड्न सकेको छैन। पहिलो जित निकालेको कुवेतको २ खेलबाट तीन अंक रहेको छ। नेपालले अन्तिम खेलमा इन्डोनेसियासँग ३१ जेठमा खेल्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?