
गुल्मी।गुल्मीमा घाँस काट्ने क्रममा रूखबाट लडेर एकजनाको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका ४ जैसिथोक निवासी ३४ वर्षीय राजु भनेर चिनिने घनश्याम पोखरेलको मंगलबार मृत्यु भएको हो।
पोखरेल आफ्नै घरभन्दा केही तल दिउँसो २ बजे आँपको रूखबाट लडेका थिए।उनलाई उपचारका लागि गुल्मी अस्पतालमा ल्याएपनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिनुभयाे ।
पोखरेल पेशाले पत्रकार थिए।उनी नवलपरासीस्थित रेडियो दौतरीका स्टेसन म्यानेजर,प्रेस सेन्टर नवलपरासीका अध्यक्ष हुन्।पारिवारिक भेटघाटका लागि पाँच दिनअघि पोख्रल घर गएका थिए।