ट्रेन्डीङ्ग

परासीमा गोलि प्रहार गर्ने युवा पेस्तोल सहित पक्राउ

परासी।पश्चिम नवलपरासीको सदरमुकाम परासीमा हिजो दिनदहाडै गोली प्रहार गर्ने प्रेस्तोल सहित पक्राउ परेका छन्।पक्राउ पर्नेमा सरावल-४ का हंसराज यादवलाई पक्राउ गरेको हो।

सुनवल ५ बनकट्टिमा आफन्तको घरमा लुकेर बसेको अवस्थामा हतियार सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपि ऋिषिराम कडेंलले जानकारी दिनुभयो।

यादवको साथ बाट प्रहरीले अमेरिकामा बनेको ७.६५ एम एमको पेस्तोल,७ राउण्ड गोली लाग्ने एक थान म्यागजिन र एउटा गोली सहित नियन्त्रणमा लिएको हो।

प्रहरीले हिजो दिउसो साढे तिन बजे घटना घटे लगत्तै विभिन्न तरिकाबाट खोजि कार्य जारी राखेको थियो।प्रहरीको सक्रियताले २४ घण्टा नबित्दै गोली चलाउने व्यक्ति नियन्त्रणमा लिन सफल भएको एसपि कडेलले बताउनुभयो।

सरावल ४ का यादवले हिजो दिउसो साढे तिन बजे परासी अदालत नजिकै आफ्नै काकि रोसनी यादव माथि गोली प्रहार गरेका थिए। तर गोली भने कसैलाई लागेको थिएन।जग्गा सम्बन्धी विवादमा यादवले काकि माथि गोली प्रहार गरेको आफन्तहरुले बताएका छन।

गोली प्रहार गर्ने हसंराजलाई प्रहरी कार्यालय ल्याई थप अनुसन्धान पछि थप विवरण खुल्ने प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?