
बर्दघाट।बर्दघाट नगरपालिकाले शहिद परिवारका लागि मासिक २ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ।सोमबार नगर प्रमुख सम्भुलाल श्रेष्ठ र उपप्रमुख रुद्रप्रकाश उपाध्यायले पदभार ग्रहण गरेपछि मंगलबार मात्र पहिलो निर्णय सार्वजनिक गरिएको हो।
द्धन्दका समयमा राज्य पक्ष र विद्रोही पक्षका तर्फ मारिएका द्धन्द पिडित परिवारका लागि मासिक रुपमा भत्ता उपलब्ध गराउने निर्णय गरिएको नगर प्रमुख सम्भुलाल श्रेष्ठले बताउनुभएको छ।
त्यस्तै बर्दघाट नगरपालिका भित्रका हरेक नागरिकको घर घरमा विजुलि बत्तिको सुविधा दिने र तत्काल विद्युत विस्तारका लागि सम्भव नभएका क्षेत्रमा बैकल्पीक उर्जा सोलार उपलब्ध गराईने निर्णय गरिएको छ।
जनप्रतिनिधिले तेश्रो निर्णय अन्तरगर्त नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा शुद्ध खानेपानीको ब्यबस्था गर्ने निर्णय समेत गरेका छन।