ट्रेन्डीङ्ग

भोट नदिएको भन्दै एमालेका नेताले स्थानीय कुटपिट

अछाम।एमालेबाट निर्वाचित वडा सदस्यले भोट नदिएको भन्दै  स्थानीयलाई कुटपिट गरेकोका छन। कुटपिट गर्नेलाई नेकपाले कानुनी कार्वाहीको माग गरेको छ ।

नेकपाले एक प्रेस विज्ञप्ति जारी गर्दै अछामको मङ्गलसेन नगरपालिका वार्ड न १ कुन्तिवण्डालिमा नेकपा एमालेबाट निर्बाचित वार्ड सदस्य सिद्ध थापाले स्थानीय तहको निर्वाचनमा आफू र आफ्नो पार्टीलाई भोट नदिएको भन्दै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य एकेन्द्र नाथ माथी साङ्घातिक हमला गर्दै हातपात गरेको घटना प्रती नेपाल कम्युनिस्ट पार्टी दोसि उपर कानुनी कार्बहिको माग गरेको छ।

विज्ञप्तिमा भनिएको छ कसलाइ भोट दिने र कसलाई नदिने भन्ने कुरा नागरिकको वैयक्तिक र मानविय अधिकार हो । आफ्नो पार्टी र आफुलाइ भोट नदियकै आधारमा यसरी हतपात गर्नु गैर कानुनी र अराजनीतिक क्रियाकलाप भयको भन्दै कानुनी कार्बाही गर्न जिल्ला सचिव मिना धामी (सरिता)द्वारा बिहिवार जारी बिज्ञप्तिमा उल्लेख गरियको छ।

यसैगरी बुधबार मात्रै मङ्गलसेन नगरपालिकाको वार्ड न २ मा बुधबार मात्रै एमाले सम्बद्ध कार्यकर्ताद्वारा स्थानीय मतदाता माथी ढुङ्गा प्रहार गरि गरियको हमला विरुद्ध उनिहरुमाथी जिल्ला प्रहरी कार्यालयमा मुद्दा दायर गरिएको छ भने स्थानीय स्तरमा शान्ति सुरक्षा कायम गर्न प्रहरीको एक टोलि समेत केही दिन गाउमै बस्ने गरि खटाइएको समेत बताइयको छ।

मङ्गलसेन नगरपालिका नेकपा एमालेका पदम बोहराले जितेको नगरपालिका हो। जेष्ठ ५ गते सदरमुकाम मङ्गलसेनको ढुङ्गानि बजारमा स्थानीय चिया पसलमा बसिरहेका बेला सिद्ध थापा र उनको समुहले आक्रमण गरेका हुन।विज्ञप्ति:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?