ट्रेन्डीङ्ग

प्रतापपुर गाउपालिका अध्यक्षमा कांग्रेसका उमेशचन्द्र र उपाध्यक्षमा मानकुमारी विजयी

परासी।नवलपरासीको प्रतापपुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैपदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।अध्यक्षमा उमेशचन्द्र यादव र उपाध्यक्षमा मानकुमारी चौधरी बिजयी भएका हुन!

अध्यक्ष पदका उम्मेदवार उमेशचन्द्र यादवले जनता प्रगतिशिल पार्टी (जप्रपा) का उम्मेदवार करम हुसेन मियाँलाई २२ सयको फराकिलो मतअन्तरले पराजित गर्दै विजयी भएका हुन् ।यादवले ६ हजार ८ र मियाँले ३८ सय ८ मत पाएका छन् ।

उपाध्यक्षमा निर्वाचित मानकुमारी चौधरीले जप्रपाकी उमेदवार अञ्जुकुमारी चौधरीलाई १६ सय ४६ अन्तरले पराजित गर्दै विजयी भएकी हुन् । निर्वाचित अध्यक्ष चौधरीको ५८ सय ५५ र पराजित चौधरीको ४२ सय ९ मत छ ।

पराजित चौधरी यसअघि कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।टिकट नपाएपछि चौधरी जप्रपामा गएर चुनाव लडेकी हुन् ।

यसैबीच,९ वटा वडा रहेको प्रतापपुर गाउँपालिकामा नेपाली कांग्रेसले ४,राप्रपाले २ र एमाले, माओवादी केन्द्र र जप्रपाले १/१ वडाध्यक्ष जितेका छन् ।

वडा नं. १ को अध्यक्षमा नेपाली कांग्रेसका महेन्द्र चौधरी विजयी भएका छन् । वडा नं. २ मा राप्रपाका रामनरेश अहिर, वडा नं. ३ मा नेपाली कांग्रेसका ऋषिदेव दास र वडा नं. ४ मा जप्रपाका जन्त्री प्रसाद बरई वडाध्यक्षमा विजयी भएका छन् ।

वडा नं. ५ मा राप्रपाका रमेश कानु बनिया,वडा नं. ६ मा नेपाली कांग्रेसका केशवप्रसाद अधिकारी र वडा नं. ७ मा नेपाली कांग्रेसका हरेन्द्र यादव वडाध्यक्षमा विजयी भएका छन् ।

वडा नं. ८ मा माओवादी केन्द्रका सन्तोष राजभर र वडा नं. ९ मा एमालेका जयकिशुन चौधरी वडाध्यक्षमा विजयी भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal