
बुटवल।जिल्ला प्रहरी कार्यालय बुटवलले बम बिस्फोट गराउने ३ जनालाई पक्राउ गरेको छ ।
गत बैशाख २८ गते बुटवल मिलनचोकको आकाशे पुलमुनि बम बिष्फोट भएको घटनाको अनुसन्धानको क्रममा ३ जनालाइ पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा बुटवल उप महानगरपालिका वडा नं. १३ नयाँ गाउबाट कमरेड नेपाल भन्ने सुरेश खनाल,सैनामैना नगरपालिका वडा नं. १ बाट राज भन्ने फणिन्द्र गरतौला र अशोक भन्ने शुक्र कुमार श्रेष्ठ रहेका छन्।
उनिहरुलाइ नेकपा माओवादीको पर्चा -४० थान,पम्पेलट ३ रोल, कुकर -२ थान, बिजुलिको तार-२, मोटरसाईकल-३ थान सहित पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बुटवलले जनाएको छ । उनिहरुलाइ बिष्फोटक पदार्थ सम्बन्धि कसुरमा अदालतबाट म्याद थप भई अनुसन्धान कार्य जारी रहेको छ ।
बम बिस्फोट २०७९ बैशाख २८ गते राती ८ :१० बजे बुटवल उप- महानगरपालिका वडा नं. ९ मिलनचोकको आकाशे पुलमुनि बम बिष्फोट भएको थियो ।