ट्रेन्डीङ्ग

देशभक्त एवं जनवादी स्वतन्त्र उम्मेदवारहरुलाई मतदान गर्न नेकपाको अपिल

परासी।नेपाल कम्युनिस्ट पार्टीले देशभक्त एवं जनवादी स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न अपिल गरेको छ।नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लवले आज एक विज्ञप्ति जारी गर्दै पार्टी बाट सहभागी स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न अपिल गरेका हुन।

पार्टीका महासचिव विप्लवद्वारा जारी विज्ञप्ति भनिएको छ”स्थानीय चुनावमा एमसीसी एवं राष्ट्रघात विरोधी देशभक्त,जनवादी प्रतिनिधिहरुलाई सहभागी गराउने र सहयोग गर्ने नीति र निर्णय कार्वनयनका लागि मतदान गर्न अपिल गरेको उल्लेख छ ।

विज्ञप्तिमा स्थानीय निर्वाचनमा पार्टी समर्थक उम्मेदवारले पुतली चुनाव चिन्ह लिएर हुन भएका साथै अन्य कैयौं स्थानमा अन्य चिन्ह जस्तो कि लठ्ठी,हास,धरहरा आदि लिएर उठेका देशभक्त,जनवादी स्वतन्त्र उम्मेदवारहरुलाई सहयोग र समर्थन गर्ने नीति लिएको जानकारी गराएका छन।

विप्लवले भनेका छन “स्पष्ट छ कि दलाल पूजीवादी एवं संसदीय सत्ता र व्यवस्था भित्रका कुनै पनि इकाई र तहबाट राष्ट्र र जनताका पक्षमा आमूल परिवर्तन गर्न संभव छैन। देशको स्वाधीनता एवं जनताको पूर्ण अधिकारका लागि वैज्ञानिक समाजवादी सत्ता अपरिहार्य छ । परन्तु यो स्थानीय चुनावलाई हाम्रो पार्टीले राष्ट्र र जनताका पक्षमा संघर्ष गर्ने कार्यनीतिक मोर्चाका रुपमा ग्रहण गरेको छ । खासगरी देशमा राष्ट्रघाती एमसीसी लादिएपछि साथै चरम भ्रष्टाचार र महगिले जनता सताइरहेको स्थितिमा जनतालाई गाउँगाउँबाट आफ्नो स्तरअनुसार राष्ट्रिय स्वाधीनताका पक्षमा गोलबन्द गर्न,देशभक्तिको संघर्ष संचालन गर्न,भ्रष्टाचारका विरुद्ध संघर्ष गर्न र सम्भव रहेसम्मको स्तरमा जनताको पक्षमा योजना निर्माण गर्न साथै जनताको सेवा गर्न यो चुनावी गोर्चामा सच्चा देशभक्त एवं जनवादी प्रतिनिधिहरुलाई सहयोग एवं समर्थन गर्ने नीति प्रयोग गरेको छ।”

हामीले समर्थन गरेका प्रतिनिधिले दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाका विरुद्ध स्थानीय तहबाट जुन स्तरमा संघर्ष गर्न संभव छ त्यो स्तरमा गर्नेछन् । यो सत्ताका खराबी एवं घेराबन्दी बारे जनतालाई सूचित गर्नेछन् । आफ्नो स्तरमा ना भ्रष्टाचार , तस्करी , महिला,बालबालिका ,सुकुम्बासी तथा श्रमिक समुदायमाथि हुने भेदभाव , उत्पीडन , दमनका विरुद्ध लड्ने छन् । महान एकीकृत जनक्रान्ति,जनयुद्ध , हरेक मुक्ति संघर्षहरुमा बलिदान गर्ने आदरणीय सहिद तथा बेपत्ताहरुको सम्मान गर्दै उहाहरुका परिवार , घाइते योद्धाको सेवा गर्नेछन् । जनताको नाममा जम्मा हुने सम्पूर्ण आर्थिक कोष र योजनाहरुलाई श्रमिक जनता विशेषतः गरीब जनताको हितमा पारदर्शीरुपले प्रयोग गर्ने छन् । आफ्नो ठाउँमा शिक्षा , स्वास्थ्य , सिचाई , कृषि उत्पादन , उद्योग , व्यापार , बर्यावरण , वन , यातायता , सूचना – संचार , रोजगारीका क्षेत्रमा जति सभव हुन्छ इमान्दारीपूर्वक जनताको हितमा योजनाबद्धरुपले काम गर्ने छन् । श्रमिक जनता , जनता र जनताको हितमा उभिनु नै स्वतन्त्र उम्मेदवारहरुको आदर्श हुने छ । हामीले समर्थन गरेका कुनै पनि स्वतन्त्र प्रतिनिधिले राष्ट्र र जनताका विरुद्ध हुने कार्य गरेको देखिएमा पुराना संसदवादी दलहरुका व्यक्तिहरुले गरेको जस्तो भ्रष्टाचार एवं अनियमितता थोरै मात्र देखिएमा आफ्नो पदलाई निजी स्वार्थका लागि प्रयोग गरेको देखिएमा साथै श्रमिक जनताको क्रान्तिकारी आन्दोलनलाई हानी पुग्ने कार्य गरेमा पाटील बाफनो समर्थन फिर्ता लिने छ र जनताको सहयोगमा प्रत्याहह्वान समेत गर्ने छ । तर हामीलाई विश्वास छ वर्ग संघर्ष , राजनैतिक संघर्ष एवं क्रान्तिकारी आन्दोलनका बीचबाट सहभागी बन्न भएका हाम्रा समर्थक उम्मेदवारहरुले यस्तो कार्य गर्नु हुने छैन । जति समय त्यहाँ रहनु हुनेछ देश र जनताप्रति पूर्ण निष्ठा,इमान्दारीता एवं उच्च नैतिकताका साथ सामाजिक एवं राजनैतिक रुपान्तरणका पक्षमा काम गर्नु हुने छ । अन्तमा हाम्रो पार्टी सम्पूर्ण देशभक्त , प्रगतिशील , जनवादी कम्युनिष्ट शक्तिहरुलाई सारा युवा विद्यार्थी , महिला , मजदुर , किसान , बुद्धिजीवी , श्रमिक समुदाय , जनजाति , मधेशी , मुश्लिम , कलाकार , पत्रकारलाई विनम्र अनुरोध गर्दछोकि यो चुनावमा एमसीसी पक्षधार एवं राष्ट्रघाती तत्वहरुलाई विरोध एवं तिरस्कार गरौ , जनमतद्वारा परास्त गरौं र आफ्नो मतलाई देश र जनताको पक्षमा उभिने संघर्ष गर्ने र आवश्यक पर्दा बलिदान दिन तयार हुने इमान्दार देशभक्त , जनवादी स्वतन्त्र प्रतिनिधिहरुका पक्षमा सदुपयोग गरी श्रमिक वर्गीय देशभक्तिको भावनालाई व्यवहारमा अभिव्यक्त गरौं । जनताको विजय अवश्य हुने छ ।विज्ञप्ति:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal