ट्रेन्डीङ्ग

वालिङ नगरपालिकाद्वारा छाडा चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण

गणेश भुसाल
माघ १ स्याङ्जा ।बाटो मा अनियंत्रित रूपमा भएकोे छाडा चौपाया व्यवस्थापन गर्न वालिङ नगरपालिकाले गौशाला निर्माण गरेको छ ।

स्याङ्जाको वालिङ नगरपालिकाले भित्र पर्ने घ्वाङखोला नजिकको जङ्गल छेउमा स्वोर्गआश्रम गौशाला निर्माण गरिएको छ।

वालिङ नगरपालिका २ जना गाइलाई सेवा प्रदान गर्ने ब्यक्तिहरु खटाएको छ। कसैले आफ्नो गाईहरु घरमा पाल्न अप्ठ्यारो भएको अवस्थामा आजभोलि बाटाेमा गाइलाइ छोडेर हिन्ने प्रक्रिया सजिलै देख्न सकिन्छ।”पापको भागिदार हुन कसैले नपरोस भनेर यो गौशाला निर्माण गरिएको जानकारी यसै गौशालाका गाइलाइ सेवाप्रदानमा नियमीत खटिनु भइरहेका ब्याक्तीत्वो टाेप बहादुर राना मगरले दिनुभयो। सबैले अबेवस्थित रुपमा गाइहरुलाइ नछोड्न आग्रह गर्दै गाइपालनले आफुलाइ मातापितालाई सेवा गरे बराबर धर्म हुने कुरा टाेप बहादुर भने।

यसै गौशालामा गाइहरुलाइ सेवामा खटिनु भएकि मिना कुमारी राना मगर ” हामिलाइ आफ्नो घरका गाई लिगेर यहा आइदिनुस भनेर हजारौ फोन सम्पर्क आउदछ।” उक्त प्रक्रियाहरुको लागि वहाहरुले गाई घरमा पाल्न अप्ठ्यारो भएर ल्याउनु भएकाहरु सङ आजिवन गौशालाको सदस्य बन्नु पर्ने बताउदै गाइहरु राखिदिने बताए।

छाडा चौपया ब्यवस्थापन केन्द्र नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजना पोखरा र नगरपालिका तर्फ वालिङ नगरपालिकाको सयुक्त सहयोगमा १५-१५ लाख गरेर जम्मा ३० लाखमा उक्त गौशाला निर्माण गरिएको हो। २०७७ असार १५ मा उक्त गौशाला पुर्न निर्माण गरिएको हो।>

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal