ट्रेन्डीङ्ग

अखिल(क्रान्तिकारी)द्वारा यौन दुर्व्यवहार गरेको भन्दै नकुललाई कालोमोसो दलेर कार्वाही

काठमाडौ।अखिल(क्रान्तिकारी)ले कलेजमा अध्ययनरत छात्राहरुमाथी यौन दुर्व्यवहार गर्ने नकुल चौलागाईंलाई सांकेतिक कार्वाही गरेको जनाएको छ।

विप्लव नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी) बागमती प्रदेश छात्रा बिभागले सोमबार काभ्रे जिल्ला निवासी नकुल चौलागाईंलाई काठमाडौंको बागबजारमा कालोमोसो दलेर सांकेतिक कार्वाही गरेको जनाएको छ।

संगठनले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै काभ्रे जिल्ला निवासी नकुल चौलागाईंले आफ्नो संगठन र कलेजका छात्राहरुमाथी अमर्यादित व्यवहार गरेको,मानसिक तनाब दिएको,म्यासेनजरमा अश्लील विषयबस्तुहरु पठाएको र बिगत लामो समयदेखि छानबिनको लागि सम्पर्कमा ल्याउन खोज्दा निरन्तर भागिरहेको लगाएयका अपराधिक गतिविधि गरेको संगठनमा सप्रमाण उजुरी आएपछी निज नकुल चौलागाईंमाथी सांकेतिक कारवाही गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ।

अखिल(क्रान्तिकारी) बागमती प्रदेश छात्रा बिभाग संयोजक तारा संज्यालद्वारा हस्ताक्षरित बिज्ञप्तिमा छात्राहरुमाथी कुनैपनी खाले यौन हिंसा र दुर्व्यवहार भएको खण्डमा संगठनको छात्रा बिभागलाइ सम्पर्क गर्न समेत अनुरोध गरिएको छ।
प्रेस बिज्ञप्तिको पुर्णपाठ:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal