ट्रेन्डीङ्ग

वालिङमा जीप दुर्घटना बालक सहित पाँचको मृत्यु,६ जना घाइते (नामावलीसहित)

स्याङ्जा।स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा वालिङ नगरपालिका १२ बस्ने ६५ वर्षीय बीर बहादुर डाला, ६५ वर्षीय कुल कुमारी कनौज, ४५ वर्षीय हिरा डाला, २५ वर्षीय शर्मिला सारु, ६-७ महिनाको नाम नखुलेको बालक रहेका छन् । २५ वर्षीय शर्मिला सारु र ६-७ महिनाको बालक नाताले आमा छोरा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ ।

त्यसैगरी जीप दुर्घटनामा परी घाइते हुनेमा वालिङ नगरपालिका १२ बस्ने ६५ वर्षीय अङ्ग बहादुर डाला,५५ वर्षीय माया कुमारी सारु, ३५ वर्षीय योगेन्द्र थापा,१८ वर्षीय नविना सारु,वर्षीय १९ की लक्ष्मी डाला र सवारी चालक ६० वर्षीय दल बहादुर थापा रहेका प्रहरीले बताएको छ।
वालिङ नगरपालिका १२ डाँडाखर्कबाट थुपपोखरा आउदैँ गरेको ग १ ज ७३९९ नम्बर जीप आज बिहान अन्दाजी १० बजे दुर्घटना हुँदा जीपमा दुर्घटना भएको थियो ।

घाइते सबै अवस्था सिरियस रहेको सबैको थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा रिपर गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

जीप सडकदेखि अन्दाजी २०० मिटर तल खसेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?