
सुनवल।स्थानिय तहको चुनाब नजिकिदै गर्दा उम्मेद्धावार घोषणाको कार्यक्रमले पनि तिव्रता पाएको छ।पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा ठुला राजनितिक दलहरुलाई पनि उछिन्दै विवेकशिल साझा पाटिको तर्फबाट सुनवल नगरपालिकाको मेयर पदमा युवा रामजि बावुले उम्मेदवारी घोषणा गरेका छन।
नगरवासिकै माग अनुरुप विकल्प दिएको मेयर पदका उम्मेदवार रामजि वावुले बताए । सुनवलको समस्या र त्यसको समाधानको लागी विज्ञ संग परार्मश गरेर मात्र थोरै भएपनि सय प्रतिशत काम गर्न सकिने गरि घोषणा पत्र सहित नगरबासी समक्ष उपस्थीत हुने रामजी वावुको भनाई छ।
साथै आफ्नो उम्मेदवारीलाई कतिपयले हार्ने हुँदा हुदै पनि किन उम्मेदवारी दिएको भन्ने गरेको बताउदै मेयरका उम्मेदवार रामजी वावुले पानी समतल देखियो भन्दैमा त्यसको गहिराई नाप्न नसकिने तकै गर्दै जितहार चुनाव पछि मात्र थाहा हुने बताए ।आफ्नो उम्मेदवारी बेरोजगार र अरु नेताले केहि दिन्छनकि भनेर उनिहरुकै पछि लाग्ने झोले कार्यकर्ता नभएको प्रमाण भएको समेत उनले दावि गरेका छन् ।