ट्रेन्डीङ्ग

ट्यागले दियो सैनामैनामा घरेलु प्याड बनाउने ५ दिने तालिम

प्रदीप ज्ञवालि,चैत २०,सैनामैना।सैनामैना ८ बाँसगढीमा घरेलु प्याड बनाउने तालिम सम्पन्न भएको छ।बासँगढीमा रहेको लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा टेक एज गर्ल्स(ट्याग)द्वारा आयोजना गरिएको घरेलु प्याड बनाउने ५ दिने तालिम एक कार्यक्रमका बिच समापन भएको हो।

महिनावारी स्वच्छता सम्बन्धि जनचेतना अभिवृद्धिका साथै सुलभ र भरपर्दो घरेलु प्याड उत्पादन गर्ने उद्देश्यका साथ चैत १६ गते देखि २० गते सम्म सञ्चालित तालिममा २० जना प्रशिक्षार्थीहरुले सहभागीता जनाएका थिए।तालिम पश्चात् सहभागीहरुले यो तालिम निकै प्रभावकारी र जीवनोपयोगी भएको कुरा बताएका थिए । यस भन्दा अगाडि महिनावारी स्वच्छता सँग सम्बन्धित सीपमूलक तालिममा आफुहरुले सहभागीता जनाउने अवसर नपाएको बताउदै यस तालिमले आफुहरुको सीप तथा क्षमतामा वृद्धि ल्याएको कुरामा उनिहरु बिश्वस्त देखिन्छन ।

यसै गरि सहभागीहरुले तालिम अवधिभर आफुले पाएको ज्ञान तथा सीप अरु सँग पनि प्रदान गर्ने बताउदै आफ्नो समाजमा महिनावारी स्वच्छता सम्बन्धि जनचेतना फैलाउन पछि नहट्ने कुरा पनि प्रष्ट पारे।

तालिम ट्याग गर्ल तथा ट्याग संयोजक कल्पना गैरेको व्यवस्थापन,रीड र आइरेक्स संस्थाको सहयोग,गंगा सापकोटाको प्रशिक्षणमा भएको हो ।
सो कार्यक्रमको उद्घाटन समारोह लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालयका अध्यक्ष गोपाल भण्डारीको अध्यक्षता तथा समापन समारोह उपाध्यक्ष मुक्त बहादुर थापाको अध्यक्षता एवं ट्याग प्रतिमा पाण्डे र ट्याग जानकी भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो।

ट्याग विगत दुई बर्ष देखि सामुदायिक आवश्यतालाई अध्ययन गरि ट्याग कार्यक्रम सञ्चालन गर्दै आइरहेको एक सामाजिक उत्तरदायित्व बहन गरेक सेवामुखी संस्था हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal