ट्रेन्डीङ्ग

उपचारका क्रममा बिरामीको मृत्यु,आफन्तद्वारा अस्पतालमा तोडफोड

चैत १९,कैलाली।उपचारका क्रममा एक जना विरामीको मृत्यु भएपछि पदमा अस्पतालमा स्थानीयले तोडफोड गरेका छन् ।

गोदाबरी नगरपालीका स्थित अत्तरियामा रहेको पदमा अस्पतालमा गोदावरी न.पा. ३ का ३८ वर्षिय बिनोद कुमार बोहराको उपचारका क्रममा निधन भएको हुँदा अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै स्थानीय र मृतकका आफन्तले तोडफोड गरेका हुन् । शनिबार अस्पतालमा भएको उक्त घटना पछी आफन्त आक्रोशित भएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले बताए ।

आक्रोशित आफन्तले अस्पतालमा ढुंगामुडा प्रहार गर्दा अस्पताल बाहिरको सिसा फुटेको र एम्बुलेन्स पनि तोडफोड गरिएको उनले बताए।

आक्रोशित भिडलाई काम गर्न प्रहरीले अश्रु ग्यास समेत प्रयोग गरिएको छ।आक्रोशित आफन्त र अस्पतालबीच छलफल गर्दै समन्वयको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?